२३ मंसिर २०७८, बिहिबार । December 9, 2021

Uncategorized

तीन निर्वाचन आयुक्त सिफारिस



काठमाडौँ, १४ माघ । संवैधानिक परिषद्को आज बसेको बैठकले निर्वाचन आयोगमा तीन निर्वाचन आयुक्त सिफारिस गरेको छ ।
आयोगमा रिक्त रहेका तीन निर्वाचन आयुक्तहरुमा नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौडेल र सुधीरकुमार साहलाई सिफारिस गरेको उपसभामुख गङ्गाप्रसाद यादवले जानकारी दिए।
सिफारिस भएका तीन आयुक्तको संसदीय सुनुवाइ विशेष समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
आयोगमा प्रमुख निर्वाचन आयुक्तसहित पाँच पदाधिकारी रहने व्यवस्थाअनुसार हाल प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादव र निर्वाचन आयुक्त इला शर्मा छन् । आजको सिफारिसपछि आयोगले पूर्णता पाउने भएको हो ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, प्रधानन्यायाधिश सुशीला कार्की, सभामुख ओनसरी घर्ती, उपसभामुख यादव र मुख्य सचिव डा सोमलाल सुवेदी सहभागी थिए।

प्रकाशित : १४ माघ २०७३, शुक्रबार