१२ मंसिर २०७८, आइतबार । November 29, 2021

बिचार

सूचना खान मिल्दैन तर बिना सूचना भोकै परिन्छ



मानिसको जीवनमा सूचनाको प्रभाव अत्यन्त ठूलो हुन्छ । सूचना त्यस्तो शक्ति हो जसले व्यक्ति, नागरिक वा जनतालाई अधिकारका बारेमा स्पष्ट बनाउँछ र अधिकारको खोजीमा क्रियाशील बनाउँछ । लोकतन्त्रमा सुशासन, पारदर्शिता र जवाफदेहिताका लागि नागरिकले सहि सूचना थाहा पाउनु पर्दछ । राज्य र सरकारले हरेक नागरिकसम्म सहि सूचना पु¥याउनुु पर्दछ । त्यसैले त हाल विश्वका १०४ भन्दा बढि देशहरुमा सूचनाको अधिकार कानूनी रुपमा नै आएको अवस्था छ । हाम्रो देशमा पनि सूचनाको अधिकारलाई मौलिक अधिकारको रुपमा प्रत्याभूत गरिएको छ । यो अधिकारको प्रयोगले सार्वजनिक निकायको पारदर्शीता र जवाफदेहीता बढाउने काम गर्दछ । यस हक अन्तरगत सार्वजनिक निकाय भन्नाले सबै सरकारी, अर्धसरकारी, गैरसरकारी तथा कानून मान्यता प्राप्त सबै राजनीतिक दलहरु मानिएको छ । गाविस, नगरपालिका, विद्यालय, अस्पताल, संस्थान, एनजीओ, आईएनजीओ र राजनीतिक पाटीहरु, सहकारी संस्थान, बोर्डिङ्ग स्कुल लगायत आदिमा रहेको सूचनाहरु सबै नागरिकले हेर्न, पढ्न, प्रमाणित प्रतिलिपि लिन सक्दछन् । यसरी सार्वजनिक निकायबाट नागरिकहरुले पाउने सेवा सुबिधाहरु नपाएमा, समयमा नपाएमा तथा पाउनु पर्ने भन्दा कम पाएमा त्यसको कारण बारेमा सूचनाको हक प्रयोग गरि जान्न र थाहा पाउन सकिन्छ । नेपालको अन्तरिक संविधान २०६३ धारा २७ , सूचना हक सम्बन्धी ऐन २०६४ तथा नियमवाली २०६५ ले सूचनाको हकलाई कानूनी रुपमा प्रत्याभूत गरेको छ ।

सूचना के हो त ?
सूचना भन्ने शब्दले कुनै कुराको जानकारी, थाहा, समाचार, लिखत, दस्तावेज, तथ्यांक, अभिलेख, आदि भन्ने बुझाउद छ । यदि कसैले इटहरी कता पर्छ ? भनेर सूचना माग्यो भने विराटनगर देखि उत्तर भन्ने जवाफ आयो । फेरी विराटनगर चै कहाँ पर्छ ? भन्ने प्रश्नमा इटहरी दक्षिण भनियो भने पहिलो चै सूचना भयो दोश्रो चै सूचना भएन किन भने जहिले पनि सूचना हुनलाई नयाँ कुराको जानकारी आवश्यक पर्दछ । वास्तवमा नयाँ कुरा वा नयाँ अफडेट भएको ज्ञान, सीप, जानकरी नै सूचना हो । त्यसैले हामीले थाहा पाउने नयाँ जानकारी नै सूचना हो । हामीले नयाँ विषयको जानकारी चै हाम्रो पाँच वाटा ज्ञानेन्द्रीयको माध्यमबाट सम्भव भएको हुन्छ । जसबाट मानिसले नयाँ सूचनाको अनुभव गर्दछ । हाम्रो भन्सामा खाना तयार भएको सूचना आए पछि मात्र थाहा हुन्छ । बिहानी भएको सूचना सूर्यको किरण, भाले बासेको आवाज, घण्डीले दिएको सूचना आदिले बिहानीको भएको सूचना दिई रहेको हुन्छ । गाउँघरमा मानिस म¥र्यो दाहासंस्कारका लागि त्यसको सूचना वरिपरिको गाँउ सम्म दिनलाई शंकको आवजबाट सूचना दिने गरिन्छ । छिमेकमा कहिले काही माछा, मासु, अण्डा आदि पकाएको कुरा बाहिर नै थाहा हुन्छ । त्यसमा बास्नाले सूचना दिएको हुन्छ । कुनै बच्चालाई यो आगो हो यस्ले पोल्छ या यो खोर्सानी हो यो पिरो हुन्छ यसलाई नछुनु नखानु भन्यो भने मान्दैन तर उस्ला एक पटक मैनबत्तिले पोल्यो भने, खोर्सानीको पिरो स्वाद थाहा पायो भने उ फेरी त्यो प्रयास गर्न डराउद छ । वास्तवमा उस्ले लिने नयाँ स्वाद र नयाँ अनुभव नै उसको लागि सूचना हो । मानिसले आफ्नो भूमिका सफलता साथ र्निवाह गर्न, मानिसलाई कुनै विषयको विशेषज्ञता प्राप्त गर्न, आलोचक वा विश्लेषक बन्न आफू जानकार र सूसुचित हुनु पर्दछ । सूचना हेरेर, सुनेर, छोएर, पढेर, सुँगेर, चाखेर अनि आफै कुनै काम गरेर अनुभव गरिरहेको हुन्छ । मानिसलाई पौडी खेल्ने कलाको बारेमा भनेर, सुनेर, पढेर त्यो सम्भव छैन त्यसका लागि मासि पानीको पोखरीमा पौडिने प्रयास गर्न जरुरी छ । अनि मात्र त्यो काम सक्रिय साथ गर्न सकिन्छ ।
सूचना भनेको नै ज्ञान, शक्ति र सम्पत्ति हो । यो संसारमा केहि समय पहिले जोसँग धेरै जमिन, जंगल, जल थियो त्यो नै राष्ट्र वा व्यक्ति नै शक्तिसाली, जामिनदार, मुखिया, कहिलिन्थो । उ नै शक्ति केन्द्रीत हुन्थ्यो । त्यस पछिको समयमा जो सँग ज्ञान, बुद्धि र शिक्षा छ उ नै शक्तिमान र विद्वान भनियो । अनि विद्वान सर्व पुज्यतेः भनियो । हालको अवस्थामा हेर्ने हो भने जो सँग छ, जो व्यक्ति वा समुदाय सूचनासँग खेल्न सक्छ, जस्ले सूचना दिन सक्छ, जस्ले सूचना लिन सक्छ, जस्ले सूचनाको खरिद बिक्रि गर्न सक्छ । त्यस्ता व्यक्ति तथा समुदायहरु नै अहिले शक्तिशाली, बुद्धिमान, विवेकशिल, धनी कहलिने गरेको छ । त्यसैले होला होला अहिले विश्वको धनी भनिएका राष्ट्र वा मानिसहरुको सूचिमा सूचना र प्रविधिमा अगाडी भएका आएका छन् । मानिस बिना सूचना एक पल पनि रहन सक्दैन । तापाई हामीले दैनिक जिवनमा गरिने सम्पुर्ण व्यवहार सूचना प्राप्तिका लागि नै भइरहेको हुन्छ । घण्डी, रेडियो, टीभी, मोबाईल, ईन्टरनेट, पत्रपत्रिका आदिको प्रयोगको उद्देश्य पनि सूचनाको लागि नै हो ।

सूचना केका लागि आवश्यक
हरेक विषयको सहि सूचना वा जानकारी भएबाट मात्र दिगो विकास हुन्छ । पारदर्शिता बढ्दछ । जवाफदेहिता हुने अनि शुसान कायम भै सूसुचित र समुन्नत समाजको निर्माण हुनेछ । त्यस्तो समाज नै समृद्ध समाज हो । त्यसैले त होला अमेरिकी एक पत्रकारको भनाई साह्रै सान्दर्भिक छ । “मानिसले सूचना खादैन तर बिना सूचना मानिस भोकै मर्दछ ।” दैनिक जीवनमा भई रहेका सबै कार्यहरु सूचनाको माध्यमबाट नै संचालन भैरहेको हुन्छ । मानिसले प्राप्त गर्ने सूचनाहरु एक क्षण पनि गलत भएमा मानिसको ज्यानै पनि जाने अवस्था हुन्छ । विभिन्न सावारी दुर्घटनाहरु, विद्युतिय करेण्टबाट हुने दुर्घटनाहरु गलत सूचनाको कारण हुने गर्दछ । मानिसले सिक्ने नयाँ कुरा भनेको नै सूचनाको आदन प्रदानबाट हो । दुई दशकअघि राजनीतिक चिन्तक रूपचन्द्र विष्टले मान्छेलाई आलोचक र जागृत बनाउन तथा हरेक काम कुरा बुझेर मात्र गर्न ‘थाहा आन्दोलन’ चलाएका थिए । वास्तवमा ‘थाहा’ आन्दोलन जनताको सूचनाअधिकारको आन्दोलन थियो । विष्टलाई त्यसबेला थाहा आन्दोलन के हो भनेर कसैले प्रश्न गर्दा उत्तर प्रश्न सोध्नेको गालामा झापु हानि यस्तै नयाँ अनुभव हो थाहा भनेका थिए रे ।

सूचनाको अधिकार
लोकतन्त्रमा जनता नै राज्यको शासन व्यवस्थाको सर्वेसर्वा निर्णायक हुन्छन् । सही निर्णय गर्न जनतालाई सही सूचना चाहिन्छ । जनताले तिरेको करस राज्यको स्रोत साधनबाट भएको आर्जन र जनताको नाममा आएको सहयोगबाट तलब र सुविधा पाउने जनप्रतिनिधि, कर्मचारी तथा सार्वजनिक निकायहरु सबै जनताप्रति जवाफदेही हुनु पर्दछ । त्यसैले सार्वजनिक निकायका निर्णय, कामकारवाही, बजेट इत्यादि सम्पूर्ण सूचना जनताले पाउनुपर्छ । वास्तवमा सूचना जनताको मौलिक अधिकार हो । सार्वजनिक निकायका पदाधिकारीहरुले जनताको सूचनाको जिम्मा लिने र व्यवस्थित गर्ने र मागको बेलामा उपलब्ध गराउनु पर्दछ । यही लोकतन्त्रको आधार र संस्कार पनि हो । जये सूचना ।

प्रकाशित : २ कार्तिक २०७३, मंगलबार