२३ मंसिर २०७८, बिहिबार । December 9, 2021

ग्लोबल

महाशक्ति देशहरूबीच तनाव बढ्दै जाँदा युद्धको सम्भावना



केही दशक लगाएर समृद्धितिर ध्यान केन्द्रीत गर्ने चीनले त्यस अवधिमा संसारको राजनीतिक उथल पुथलमा खासै चासो नराख्नु उसले पाएको उपलब्धिको धेरै ठूलो सुनौलो पक्ष हो । केही दशकको अविराम परिश्रमले चीन विश्वस्तरको दोश्रो समृद्ध राष्ट्रको रूपमा मात्र विकसित भएन, ठूलो इकोनोमिको इज्जतदार भूमिका पनि प्राप्त ग¥यो । ९० को दशकदेखि विश्वमा कम्युनिष्ट देशहरूको पतनको तीव्रतर प्रवाहलाई केही हदसम्म चीनले नै रोकेर आफनो अस्तित्व स्वीकार गर्न सबै प्रजातान्त्रिक देशलाई बाध्य ग¥यो । अवशेषको प्रतिनिधी उदाहरणको रूपमा जनसाँख्यिक सबलता, तीव्रतर विकासबाट प्राप्त समृद्धि तथा विश्वस्तरमा एक्लै ओगटेको मुख्य भूमिका आदि सफलताका आयामहरूले चीनलाई उन्मादित त बनायो नै, विश्वसंगको सम्बन्धमा अस्वस्थ प्रतिस्पर्धाले सन्तुलन नै बिगारेको भान हुन थालेको छ ।
आफनो उत्पादन बेच्न विश्वस्तरको फराकिलो बजारको खोजीमा रहेको चीन संसारको हरेक कुनामा आफनो उपस्थिति देखाउन थालेपछि त्यहाँको राजनीतिक अनुकूलता, प्रतिकूलताको ख्यालै नगरि आफनो समृद्धिको दम्भमा आन्तरिक मामिलामा पनि हस्तक्षेपकारी भूमिका खोज्दै अगाडि बढ्यो । अविकसित, अल्पविकसित, विकासोन्मुख, गरिव राष्ट्रमाथि आफनो सहयोगको माध्यमले प्रभूत्व कायम गर्न थालियो भने विकसित भई रहेको नयाँ प्रविधिसंग उत्पादनलाई जोडेर उत्पादित मालको विक्रय प्रतिस्पर्धामा अव्वल स्थान प्राप्त गरेर संसारलाई नै चकित बनाएको छ । नवीनतम प्रविधीसंग आफनो उत्पादनलाई जोडेर यति कम समयमा कसैले पनि बजारमा प्रतिस्पर्धा गर्न आउँदैन । चीनले दैनिक उपभोग्य सामग्रीदेखि विलासिताका वस्तुसम्मको उत्पादनमा आम गरिब जनताको पहुँच बढाएर तलसम्म आफनो उपभोक्ता संगठन तयार पा¥यो । संसारभरि आफनो संगठित बजार स्थापित हुन लाग्दा चीनको बलियो उपस्थिति सामग्री बेच्नुबाहेकको कुरामा कसैले मन पराएन । आफनो उत्पादनसंग अरू देशको आम जनतालाई जोडेर विश्व बजार स्थापित गर्न लागेको चीनको प्रतिस्पर्धा अरू देशले गर्न नसकेर विस्थापितको अवस्थामा पुग्दाको पीडाले चीनसंगको सम्बन्धमा नकारात्मक असर देखाएको छ । चीनको फैलावटबाट अरू संकुचित हुँदै गई रहेकोले यसले पार्ने नकारात्मक प्रभावतिर चीनको कुनै सरोकार छैन । आफनो सर्व सुलभ उत्पादनबाट उपभोक्ताको ठूलो संगठन तयार पारेर अरूलाई चकित गर्ने च ीनले सामानको गुणस्तरहीनताबाट उपभोक्तामाझ स्थायी सम्बन्ध हुन नसकि रहेको अवस्था पनि छ । “चाइनाको माल आज छ भोली छैन” गुणस्तरहीनताले बनाएको यो उखान चीन र उपभोक्ताबीचको सम्बन्धलाई स्थायित्व प्रदान गर्न सक्दैन । विश्वस्तरमा आज चीनको बढ्दो प्रभाव भोलि यस्तै अवस्थामा नरह्ने संकेत पनि छ ।
चीनको बढ्दो प्रभावलाई रोक्न आज विश्वका लोकतान्त्रिक देशहरूबीच भई रहेको ध्रुवीकरणले अकल्पनीय संकटतिर ईशारा गरि रहेको छ । विभिन्न कारणहरूको प्रभावले महाशक्ति देशहरूबीच अनावश्यक तनाव बढ्दै जाँदा तृतीय विश्वयुद्ध आउन नसक्ने अवस्था रहँदैन । यो युद्धको विभीषिका दक्षिण एशिया कै जनताले भोग्नु पर्ने लक्षणहरू देखा पर्न थालेको छ । ईस्ट ईण्डिया कम्पनी जस्तै आफनो सामान बेच्ने निहुँमा चीनको संसारभरि आफनो साम्राज्य कायम गर्ने सपनाले अरूको साम्राज्यसंग टक्कर नहोला भन्न सकिन्न ।
हालै ३ सेप्टेम्बर २०१६मा चीनमा आयोजित जी–२० को शिखर सम्मेलनमा भाग लिन जाँदा हाङझाओ विमानस्थलमा अमेरिकी राष्ट्रपति बाराक ओवामासंग चीनले गरेको कूटनीतिक अभद्रताले संसारलाई नै तरंगित पारेको छ । ओवामा आउँदा रातो कार्पेट प्रयोग नगरेको, एयरफोर्सको विमान आउँदा सिढीको प्रयोग रोकेको, अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार सुसन राईस तथा ह्वाईट हाउसका प्रेस प्रतिनिधीलाई अमेरिकी राष्ट्रपति नजिक जान नदिएको तथा सुरक्षा जाँच समेत गरेको आदि अभद्रता प्रदर्शन गरेबाट ओवामा रूष्ट बनेका थिए ।
अमेरिकासंग जतिसुकै कटुता रहेपनि पाहुना बनेर आफनो देशमा आएको बाराक ओवामासंग गरिएको अपमानजनक व्यवहारबाट चीनलाई कूटनीतिक मर्यादा पालन गर्न आउँदैन कि वा आफनो श्रेष्ठताको उन्मादमा अरू कसैको अस्तित्व देख्दैन कि भन्ने दुविधायुक्त आशंका देखिएको छ । अमेरिकासंगको आक्रोशले चीनको शिष्टतालाई समाप्त पारि दुवै देशको शत्रुतालाई आमने सामने उभ्याई दिएको जस्तो लाग्छ । आज चीनले बाराक ओवामासंग गरेको अशिष्ट व्यवहारलाई कसैले शोभनीय भनेन । जी–२० को शिखर सम्मेलनमा सवैले सवैको समान सम्मान गर्ने कूटनीतिक मर्यादा अनुरूप चीन उभिन नसकेकोले संसारमा नै चीनको अशिष्टता सवैले देखे, लेखे र संसारका सवै टि.वी शोमा चीनको आलोचना नै भयो । चीनको यस्तो व्यवहारबाट संसार चकित भएको छ । किन यस्तो व्यवहार ग¥यो चीनले ? के चीनले अमेरिकालाई युद्धको आमंत्रण दिएको हो ?
चिनियाँ राष्ट्रपतिको भेंटमा बाराक ओवामाले भन्यो– “हामी सबै अन्तर्राष्ट्रिय कानूनसंग बाँधिएका छौं । यसको मूल्य र मान्यतामा नै संसारको अमन चैन कायम छ । अन्तराष्ट्रिय कानूनको उल्लंघनले संसारलाई अराजक अवस्थामा पु¥याई दिन्छ । चीनले साउथ चाईना सीमा अन्तर्राष्ट्रिय कानूनको उल्लंघन गरि युद्धपोतहरू तैनाथ गरेको छ । कानूनको उल्लंघन आर्थिक नीतिमा पनि गरेको छ । संसारमा ठूलो देशको ठूलो इकोनोमीको रूपमा पहिचान बनाएको चीनको विश्व समुदायमा अहम भूमिका हुनु पर्नेमा अनावश्यक आक्रामक भूमिकाले छिमेकी देशहरू पीडित बनेका छन् । विश्व इकोनोमीको अनुकूल प्रतियोगिको रूपमा अमेरिका र चीनको सम्बन्ध स्वस्थ रूपमा विकसित गर्नु पर्ने हामीबीच समझदारी हुनु पर्नेमा चीनको आक्रमक रवैयाले नकारात्मक परिणाम भोग्नु पर्ने अवस्था आउन सक्छ । त्यसकारण संयमित हुनु बेस हुन्छ ।”
साउथ चाइना शीको विवाद दिनदिनै बढ्दै गई रहेको छ । साउथ चाइना शीको “स्कारबरो शोल” चाइना र फिलिपिन्स दुबैले दावा गर्ने विवादित क्षेत्र हो जहाँ चीनले सो क्षेत्रलाई आफनो अधिनमा पारि कृत्रिम टापूहरू बनाएर युद्धपोतहरू राखेको छ । स्कारबरो शोल फिलिपिन्सको सैनिक ब्यारेकको नजिकमा पर्छ । यो क्षेत्रमा अमेरिकी सेनाको सहजै पहुँच हुन सक्ने खतराले पनि चीनलाई युद्धपोतहरू तैनाथ गर्न उक्सायो होला । “स्कारबरो शोलमा चीनको युद्धपोतहरूको तस्वीर खिंचेर प्रमाणको रूपमा हामी राखेका छौं” फिलिपिन्सका रक्षामन्त्री डेल्फिन लरेंजाले न्यूयोर्क टाइम्सको अन्तर्वार्तामा भनेका छन् ।
साउथ चाइना शीमा चीनको एकाधिकारका कारण छिमेकी देश वियतनाम, ताईवान, फिलिपिन्स जापान समुद्रीमार्ग उपयोगबाट बञ्चित रहेका कारण असन्तुष्ट बनेका छन् । चीनको आक्रामक व्यवहारका कारण यी सबै देशहरू ध्रुवीकृत हुन लागेका छन् । रूस पनि चीनको आकार वृद्धिमा आफनो संकुचन देखेकोले असन्तुष्टता पोखि रहेका छन् । रूस पनि चीनको विरूद्ध भारतको खेमामा आएको छ । साउथ चाइना शीमा चीनको बढ्दो प्रभावले चीनको सैन्य अखाडा बन्ने खतरा बढेको छ । इन्टरनेशनल लको स्मरण गराउँदै अमेरिकाले चीनलाई चेतावनी दिएको छ । सो चेतावनीलाई अवहेलना गरि चीनले अझ थप सैन्यपोतहरू सो ठाउँमा जम्मा गर्न थालेको छ । साउथ चाइना शीको स्कारबरो शोल क्षेत्रमा चीनले बढाएको तनावबाट छिमेकी मुलुकहरू जसरी परेशानी खेप्दै आएको छ त्यसरी नै भू राजनीतिमा पनि भारतसंग चीनको तनाव बढ्दै गएको छ ।
भारत कै गर्भबाट जन्म भई पुश्तैनी दुश्मन बनेको पाकिस्तान कुनै बेला अमेरिका खेमालाई उपयोग ग¥यो भने अहिले चीनलाई उपयोग गरि सीमाक्षेत्रमा युद्ध नै थालेको छ । न्युक्लियरबाट लैस पाकिस्तान पछाडि हट्ने सम्भावना छैन । काश्मिरलाई हात नपारि पाकिस्तान चुप लाग्ने स्थितिमा छैन भने भारत लाईन अफ कन्ट्रोलतिर पाकिस्तानलाई हेर्न पनि दिने अवस्थामा छैन । पाकिस्तानसंग टक्करको अवस्था र युद्ध सामग्रीबाट लैस रहेको पाकिस्तानको अवस्थालाई हेरि चीनले पाकिस्तानसंग मित्रता अगाडि बढायो । पाकिस्तानलाई बढावा दिएर भारतलाई युद्धमा केन्द्रीत गरि दक्षिण एशियामा आफनो एकाधिकार कायम गर्ने चीनको रणनीति रहेको छ ।
आतंकवादीलाई संरक्षण दिएको भन्दै अमेरिकाले पाकिस्तानलाई छोडि दिएपछि एउटा सवल सहयोगको अभावमा चीन नभेटुञ्जेल सीमामा पाकिस्तानी गतिविधी बन्द रहेको र चीनसंगको गहिरो मित्रता गाँसिएपछि सीमायुद्ध शुरू भएको उदाहरण सबैले जानेकै विषय हो । अमेरिकासंग रहेको प्रत्यक्ष दुश्मनी भारतसंग नरहेको चीनको रणनीति दक्षिण एशियामा अलि फरक छ । भारतसंग चीनले प्रगाढ मैत्री सम्बन्ध राखेर अस्वस्थ राजनीतिक प्रतिस्पर्धा गरि रहेको अब विस्तारै सतहमा आउन थालेको छ । भारतसंग चीनको शीतयुद्ध चलि रहेको छ ।
पाकिस्तानलाई प्रयोग गरि भारतलाई युद्धमा अल्झाउने, नेपाली राज्यसत्ताको पराश्रित मानसिकतालाई भारतको विरूद्धमा प्रयोग गरि आफनो कुटिल मानसाय पूरा गर्ने चीनको रणनीति रहेकोले जसरी चाइना साउथ शी अशान्त भएको छ दक्षिण एशियालाई पनि त्यस्तै अशान्त गरि आफनो ईच्छा पूरा गर्ने चीनको यो दोहरो चालाकी अब कसैलाई राम्रो लाग्दैन । शक्तिशाली राष्ट्रको उन्मादमा रहेको चीन थाती राखिएको भारतसंगको दुश्मनीलाई मित्रताको धरातलमा प्रतिशोध लिने सम्भावना अब कमै देखिन्छ । संसारमा लोकतान्त्रिक शक्तिहरूको ध्रुवीकरण चीनकै गलत रवैयाका कारण बनेको हो । दक्षिण एशियामा छिमेकी मुलुकहरूबीच अनावश्यक भ्रम फैलाएर आफनो एकाधिकार लाद्ने प्रवृति अब स्पष्ट हुन थालेको छ ।
पाकिस्तानलाई भारतको विरूद्ध अनावश्यक प्रयोग गरेर युद्ध गराउने, आतंकीको शरण स्थलको रूपमा नयाँ पहिचान बनाएको पाकिस्तान विश्व समुदायबाट जसरी अलग्गिदै गई रहेको छ, चीनले पाकिस्तानको साथ नछोडे त्यो आरोप चीनलाई पनि लाग्न सक्ने स्थिति आउन सक्दछ । पाकिस्तानको संदिग्ध क्रियाकलापका कारण बलूचिस्तानमा अलगाववादी आन्दोलन शुरू भएको हो । पाकिस्तान एकपल्ट फेरि विभाजनतिर उन्मुख भई रहेको भान हुन थालेको छ । बलूचिस्तानका जनता सबैकुरा सह्न तयार छन् तर पाकिस्तानका नागरिक भन्न रूचाउँदैन । बलूचिस्तानको जनताको यो पीडा कसैको उकसाहटबाट होइन धरातलीय उत्पीडनबाट पाएको पीडा हो । तीव्र रूपमा उठि रहेको बलूचिस्तानको आवाज अब विश्व समुदायका लागि चिन्ताको विषय बनेको छ । भारत पनि चिन्तित हुनु स्वाभाविक हो ।
गलत शुरूवातको गलत परिणाम हुन्छ । पाकिस्तानमा उठि रहेको अलगाववादी आवाज चीनको तिब्बतसम्म नपुग्ला त ? बरू नेपाललाई प्रभावित गर्दैन । आफू शीशाको घरमा बसेर अर्काको घरमा ढुँगा हान्ने चीनको बचकाना नीतिको नकारात्मक परिणाम आफूलाई भोग्नु पर्दा कस्तो पीडा हुन्छ परेपछि थाहा होला । बलूचिस्तानको जनता जस्तै तिब्बतको जनता पनि अलग हुने मन बनाएपछि त्यसलाई रोक्ने प्रयास केही समयका लागि सफल होला तर सधैंका लागि भने सफल हुँदैन । संसारमा यस्ता धेरै परिवर्तन भई सकेको छ । मित्रता र शत्रुता पनि परिवर्तनमा परेको छ ।
नेपाललाई भारतको विरोधमा मनग्गै प्रयोग गरेर चीनको कूटनीतिक अभद्रता चरमसीमा पुगेको छ । नयाँ सरकारले यसमा कति सुधार गर्न सक्ला, समयले बताउने छ । आन्तरिक मामिलामा चीनको हस्तक्षेपकारी भूमिकाका कारण मधेश चीनसंग पूर्ण असन्तुष्ट बनेको छ । चीन कै राजनीतिक अतिक्रमणका कारण मधेश आन्दोलनमा चीन र भारतको झण्डा जलाउने काम भएको हो । यस्तो निकृष्ट कामलाई प्रेरित गराउने चीनको अतिवादी नीतिको प्रयोगबाट नै भएको हो । अहिले मधेशमा धरातलबाट अलगावको आवाज उठेको छैन । यो आवाजलाई प्रोत्साहन गर्ने सशक्त माध्यम पनि बन्न सकेको छैन । मधेशीमा रहेको नेपालप्रतिको माया अगाध रहेकोले अलगावको सम्भावनालाई बिल्कुलै न्यून गरेको छ । चीन, भारत, अमेरिकाबाट लामो समयसम्म त्यस्तो प्रोत्साहन नमिल्ने अवस्था छ ।
मधेशलाई दिल्लीमा मिलाउने शासकवर्गको मधेशीप्रतिको आरोप निराधार, मिथ्या तथा मधेशीलाई होच्याउने माध्यमको रूपमा प्रयोग गरेका हुन् । बरू अतिवादी विचारका कारण शासकवर्गको पराश्रित मानसिकताले सिङ्गै नेपाललाई भविष्यमा भारतलाई सुम्पि दिने सम्भावना भने प्रवल देखिन्छ । नेपाललाई भारतलाई सुम्पि दिने शासकवर्गबाट बेलाबेलामा आवाज उठेको पनि हो । चीनको अनैतिक अतिक्रमणलाई नेपाली शासकहरूले बढावा दियो भने यस्तो सम्भावना नआउला भन्न सकिन्न । (मधेश दर्पण फिचर सेवा)

प्रकाशित : २७ आश्विन २०७३, बिहिबार